बागलुङको पन्ध्र हजार हेक्टर जमिन बाँझै « Khabarhub

बागलुङको पन्ध्र हजार हेक्टर जमिन बाँझै


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका धेरैजसो ग्रामीण क्षेत्र बसाइँसराइका कारण सुनसान बन्दै गएका छन् । बसाइँसराइले गाउँमात्रै सुनसान भएका छैनन् धान, गहुँ र मकै फल्न खेतीयोग्य जमिन पनि बाँझिने क्रम बढेको छ । कतै सिउँडी पलाएका छन्, त कतै बनमाराले ढाकिएका छन् । घर पनि रुग्ण बनेका छन् । 

काठेखोला गाउँपालिका तथा जैमिनी र गलकोट नगरपालिकामा बसाइँसराइ गरे सहर बजार झर्नेको सङ्ख्या अत्यधिक छ । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । युवा शक्ति विदेश पलायन भइरहेको छ । यही कारणले बर्सेनी जमिन बाँझोमा परिणत हुँदैछ । 

यसले उत्पादनमा असर परेको छ । बागलुङमा कूल एक लाख ७८ हजार ४०६ हेक्टर जमिन रहेको छ । त्यसमध्ये ४६ हजार १४८ हेक्टर जमिनमा खेती गर्न सकिन्छ । हाल ३० हजार ५०३ हेक्टर जमिनमा मात्रै खेती भइरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । 

कूल जमिनको २५ प्रतिशत मात्रै खेतीयोग्य जमिन रहेकामा अहिले १७ प्रतिशत जमिनमा मात्र खेती हुने गरेको छ । बागलुङमा १५ हजार ६४५ हेक्टर जमिन बाँझो रहेको र आगामी वर्ष अझै घट्ने देखिएको अधिकारीले बताए । 

‘जिल्लामा १४ हजार ६२५ हेक्टर जमिन बाँझो छ, एक हजार २० हेक्टर जमिनमा खती नगरी अन्य प्रयोगका लागि प्रयोग भएको छ’, उनले भने। 

जैमिनी–४ की देवी शर्माले काम गर्ने व्यक्तिको अभावले आफ्नो ८० प्रतिशत बारी झाडीमा परिणत भएको बताए। पहिला २० मुरी धान, २२ मुरी मकै र कोदो उत्पादन गरेको सम्झिँदै उनले भने, ‘पैसा दिएर पनि खनजोत गर्ने खेताला पाइन छाडे ।’

काठेखोला–८ लेखानीका मेघराज कँडेलले पछिल्लो १० वर्षमा गाउँको आधाभन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको बताए। गाउँमा बूढाबूढी मात्रै रहेकाले काम गर्न नसक्दा खेतीयोग्य जमिन बाँझो बनेको उनको भनाइ छ । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ४५ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको