नारायणीमा डुबेर एक पुरुषको मृत्यु, सानोगढी किनारमा भेटियो शव « Khabarhub

नारायणीमा डुबेर एक पुरुषको मृत्यु, सानोगढी किनारमा भेटियो शव


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चाडपर्वको अवसरमा जमरा सेलाउन गएका एक पुरुषको नारायणी नदीमा डुबेर मृत्यु भएको छ। 

भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका ५५ वर्षीय गोपाल शर्मा पौडेल आज बिहान करिब ७ बजे नारायणी नदीको भगेरीथान किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए।

उनी ना ६१ प ४९३६ नम्बरको स्कुटर चढेर नदी किनार पुगेका थिए। नदीमा जमरा सेलाउँदा अचानक बगेर हराएका पौडेलको खोजीका लागि शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण, आँपटारी चितवनबाट खटिएको गोताखोर टोली र वडा प्रहरी कार्यालय नारायणगढको संयुक्त टोली परिचालित गरिएको थियो।

केही घण्टापछि पौडेलको शव सानोगढी किनारमा फेला परेको प्रहरीले जानकारी दिएको छ। हाल शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। चाडपर्वको समयमा नदी तथा जलाशयमा सर्तकता नअपनाउँदा यस्ता दुःखद घटना दोहोरिने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ०६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर