कर्णालीमा गरिब तथा विपन्नका लागि आवास निर्माण « Khabarhub

कर्णालीमा गरिब तथा विपन्नका लागि आवास निर्माण


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्नका लागि हालसम्म चार हजार ८५६ घर निर्माण गरेको छ । जनता आवास (प्रदेश), जनता आवास (सङ्घ) र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत कर्णालीका १० जिल्लाका विभिन्न पालिकामा घर निर्माण गरिएको हो । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा जनता आवास (सङ्घ)तर्फ तीन हजार १५० घर निर्माण भएका थिए । त्यस्तै जनता आवास (प्रदेश)ले ५२२ घर गरिब तथा विपन्न स्थानीयबासीका निर्माण गरेको थियो । 

आव २०८१-८२ मा सङ्घले ३८० र प्रदेशले १८४ घर निर्माण गरेको प्रवक्ता सुवेदीले जानकारी दिए । त्यस्तै विपन्नको घरतर्फ आव २०८०-८१ मा ३९७ घर र आव २०८१-८२ मा २२३ घर निर्माण गरिएको थियो । 

आव २०८१-८२ मा जनता आवास सङ्घतर्फ सबैभन्दा बढी कालिकोटमा कालिकोटमा १८१  घर निर्माण गरिएका थिए । सुर्खेतमा १४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर निर्माण गरिएको छ । जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० तथा हुम्लामा २० घर निर्माण गरिएका छन् ।

विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० तथा हुम्लामा २० घर निर्माण गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए । आव २०८१-८२ मा ७८७ घर निर्माण गरिएका छन् ।   

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको