‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’  « Khabarhub

‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’ 


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाँउ उनीहरूका लागि सुरक्षित नभएको जनाएको छ ।  

इजरायली सेनाले अन्तराष्ट्रिय कानुन र बालअधिकारको प्रवाह नगरी गाजामा सुतिरहेको समयमा  बालबालिकाहरूलाई अन्याय पूर्वक हत्या गरेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।  

युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा गाजामा मनोवैज्ञानिक आघात भोगिरहेका पाँच लाख भन्दा बढी बच्चाहरूलाई मनोवैज्ञानिक सहजिकरण गरेको जनाउदै गाजाका बच्चाहरूले कुनै पनि बच्चाहरूले अनुभव गर्न नसक्ने समस्याको सामना गर्न बाध्य भएको जनाएको छ ।  

इजरायली सेनाले गाजामा बच्चाहरू सुतिरहेको, स्कुलमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा उनीहरूलाई मारिएकोमा दुखः व्यक्त गरेको छ ।  

यस अघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा अझै पनि दशौँ हजार बालबालिका रहेको पुष्टि गर्दै बम विष्फोटका कारण अङ्ग भङ्ग हुनेहरूमा पनि कयौँ बालबालिका रहेको बताएका छन् । निरन्तरको आक्रमणले बालबालिकाहरू थरथर काँपिरहेका उल्लेख गर्दै उनले ‘बालबालिकामाथि गरिएको क्रूरता गैर मानवीय’ भएको बताए ।  

गाजाको अल–मवासी क्षेत्र विश्वको सबै भन्दा घना जनसङ्ख्या भएको क्षेत्र हो  यद्यपि यो क्षेत्रका मानिसहरू जीवनका आधारभूत आवश्यकताहरूबाट वञ्चित छन् जसले बालबालिकालगायत परिवारहरूको पीडा बढाउँछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २४ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले