‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’  « Khabarhub

‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’ 


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाँउ उनीहरूका लागि सुरक्षित नभएको जनाएको छ ।  

इजरायली सेनाले अन्तराष्ट्रिय कानुन र बालअधिकारको प्रवाह नगरी गाजामा सुतिरहेको समयमा  बालबालिकाहरूलाई अन्याय पूर्वक हत्या गरेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।  

युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा गाजामा मनोवैज्ञानिक आघात भोगिरहेका पाँच लाख भन्दा बढी बच्चाहरूलाई मनोवैज्ञानिक सहजिकरण गरेको जनाउदै गाजाका बच्चाहरूले कुनै पनि बच्चाहरूले अनुभव गर्न नसक्ने समस्याको सामना गर्न बाध्य भएको जनाएको छ ।  

इजरायली सेनाले गाजामा बच्चाहरू सुतिरहेको, स्कुलमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा उनीहरूलाई मारिएकोमा दुखः व्यक्त गरेको छ ।  

यस अघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा अझै पनि दशौँ हजार बालबालिका रहेको पुष्टि गर्दै बम विष्फोटका कारण अङ्ग भङ्ग हुनेहरूमा पनि कयौँ बालबालिका रहेको बताएका छन् । निरन्तरको आक्रमणले बालबालिकाहरू थरथर काँपिरहेका उल्लेख गर्दै उनले ‘बालबालिकामाथि गरिएको क्रूरता गैर मानवीय’ भएको बताए ।  

गाजाको अल–मवासी क्षेत्र विश्वको सबै भन्दा घना जनसङ्ख्या भएको क्षेत्र हो  यद्यपि यो क्षेत्रका मानिसहरू जीवनका आधारभूत आवश्यकताहरूबाट वञ्चित छन् जसले बालबालिकालगायत परिवारहरूको पीडा बढाउँछ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २४ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको