धितोपत्र बोर्डमा कर्मचारीको १५ दिनदेखि आन्दोलन, सेवा प्रवाह ठप्प « Khabarhub

धितोपत्र बोर्डमा कर्मचारीको १५ दिनदेखि आन्दोलन, सेवा प्रवाह ठप्प


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीले मंगलबार पनि आन्दोलन जारी राखेका छन् । अर्थ मन्त्रालयले सेबोनका कर्मचारीको कल्याणकोष र सुरक्षण कोष खारेज गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीहरूले दुई दशैं अघिदेखि सुरु गरेको आन्दोलनलाई जारी राखेका हुन् ।

अर्थ मन्त्रालयले असोज २ गते सेबोनलाई पत्र लेख्दै धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (ञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्न भनेको थियो ।

अर्थ मन्त्रालयले गरेको सो निर्णय फिर्ता लिनुपर्ने भन्दै बोर्डमा कार्यरत विभिन्न ट्रेड युनियन सम्बद्ध कर्मचारीले माग गरेका छन् । सोमबार बोर्डका अध्यक्ष सहित केही कर्मचारीले अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख महेश आचार्यसँग छलफल गरेका थिए । तर, सो छलफलबाट कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

सरकारले समन्वय र वार्ता गर्न नचाहँदा र कर्मचारीले पनि निरन्तर आन्दोलन गर्दा बोर्डले प्रवाह गर्ने सम्पूर्ण सेवा ठप्प भएको छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले आफूहरूको आन्दोलन माग पूरा नहुनेबेलासम्म जारी रहने बताएका छन् । उनले संस्थाको स्वायत्तता विपरित जारी गरिएका परिपत्र फिर्ता नलिने बेलासम्म आफूहरूको आन्दोलन जारी रहने खबरहबलाई बताए । 

साथै, १५ दिनदेखि कर्मचारीले आन्दोलन गर्दापनि सरकारको पक्षबाट सुनुवाइ गर्ने र छलफल गर्ने प्रयास नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : २७ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप