बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने | Khabarhub Khabarhub

बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालैको बिपद्मा घरबास गुमाएका परिवारहरूका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।  

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तत्काल अस्थायी आवासको निर्माण गर्न स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय गरेको हो । 

यसैगरि लाभग्राही पहिचान भएपश्चात् अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड बमोजिमको अनुदानको रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।

बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ भने मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

यस्तै बैठकले विपद्पश्चात् फैलन सक्ने महामारीको आङ्कलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए । 

भट्टले अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु भएको जानकारी दिए । बाढी पहिरोमा परि ५ जना बेपत्ता भएको रहेको र घाइते ४७ जनाको सरकारले निःशुल्क उपचार गरिरहेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ४५ बजे

तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

एजेन्सी– जोन क्लार्क, मिशेल एच.डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल

सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने

एजेन्सी– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक

काठमाडौं– सन् २०२५-२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित

बाढीका कारण उडान प्रभावित भएकालाई निगमले निःशुल्क मिति परिवर्तन सुविधा दिने

काठमाडौं– नेपाल वायुसेवा निगमले बाढी पहिरोको कारण असोज १८ गतेदेखि