बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने « Khabarhub

बाढीपहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिने


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले हालैको बिपद्मा घरबास गुमाएका परिवारहरूका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।  

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तत्काल अस्थायी आवासको निर्माण गर्न स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय गरेको हो । 

यसैगरि लाभग्राही पहिचान भएपश्चात् अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड बमोजिमको अनुदानको रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिए ।

बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ भने मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

यस्तै बैठकले विपद्पश्चात् फैलन सक्ने महामारीको आङ्कलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरूमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए । 

भट्टले अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु भएको जानकारी दिए । बाढी पहिरोमा परि ५ जना बेपत्ता भएको रहेको र घाइते ४७ जनाको सरकारले निःशुल्क उपचार गरिरहेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ४५ बजे

तस्बिरमा हेर्नुहोस्, कुलमानको काठमाडौं–३ मा घरदैलो अभियान (तस्बिरहरू)

काठमाडौं–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर

न्यून गुणस्तर भेटिएपछि ‘एनक्लेभ ओडी’ औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले बजारमा बिक्री भइरहेको ‘एनक्लेभ ओडी नामक

जब विद्यार्थी नेताले बंगलादेशको आन्दोलनमा लगाएको टीसर्टमै सांसदको शपथ लिए…

ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा

काठमाडौं-१ मा रञ्जु दर्शनाको घरदैलो (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले काठमाडौं निर्वाचन क्षेत्र

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले