इलामलाई कोशी प्रदेश सरकारको सहयोग « Khabarhub

इलामलाई कोशी प्रदेश सरकारको सहयोग


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।
 
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत आज राहत सामग्री त्यसतर्फ पठाएको सो मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए । स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको उनले बताए । 

प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिए । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो । 

बाढी र पहिरोका कारण इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
 

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ३० बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ