हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिता हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा शुक्रबार बिहान पौने ९ बजेबाट सुरु हुनेछ।

नेपालले हङकङ सिक्सेसका लागि अनुभवी ब्याट्सम्यान शरद भेष वकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ।

सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।

शरद भेषावकरको कप्तानीमा रहेको नेपाली टिममा सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।

प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभगिता रहने छ। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन्।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

यो प्रतियोगिताका हरेक खेल समान छ/छ ओभरको हुनेछ भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : ४२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको