हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक « Khabarhub

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले ह्याट्रिक पूरा गरेका छन् । पहिलो खेलमा अफगानिस्तानविरुद्ध उत्कृट बलिङ गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

पहिलो ओभरमा महंगो बनेका राशिदले दोस्रो ओभर बलिङ गर्दा ह्याट्रिक पूरा गरेका हुन् । राशिदले दुई ओभर बलिङ गर्दा २७ रन दिँदै चार विकेट हात पारे। नेपालका लागि लोकेश बमले एक विकेट हात पारे ।

ब्याटिङ तर्फ अफगानिस्तानविरुद्ध सन्दीप जोराले अर्धशतक बनाए । १४ बलको सामना गरेका जोराले ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अन्य ब्याट्सम्यानले नेपालका लागि उल्लेख्य रन जोड्न सकेनन् ।

अफगानिस्तानविरुद्ध ह्याट्रिक पूरा गरेका नेपाली बलर राशिद खान । तस्बिरःक्यान

राशिदको ह्याट्रिक र सन्दीपको अर्धशतक बने पनि नेपाल अफगानिस्तानसँग पहिलो खेलमा १७ रनले पराजित भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ६ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९५ रनमा समेटियो ।

नेपालले समूह चरणको दोस्रो खेलमा शनिबार दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्र सहभागी छन्। चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ।

त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन्।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ९ : २१ बजे

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा