बलिउड जोडी कट्रिन-विक्कीलाई पुत्रलाभ  « Khabarhub

बलिउड जोडी कट्रिन-विक्कीलाई पुत्रलाभ 


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका लोकप्रिय जोडी कट्रिना कैफ र विक्की कौशलले आफ्नो पहिलो सन्तानको स्वागत गरेका छन्। दुवैले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत पुत्रलाभको खबर सार्वजनिक गरेका हुन् ।

यसअघि, सेप्टेम्बर २३ मा दम्पतीले आफ्नो पहिलो सन्तानको अपेक्षा गरिरहेको घोषणा गरेका थिए। उनीहरूले त्यसबेला लेखेका थिए, ‘हामी आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं।’

कट्रिना र विक्कीको प्रेमकथा बलिउडका चर्चित रोमान्समध्ये एक हो। उनीहरूबीचको पहिलो भेट सन् २०१९ को स्क्रिन अवार्ड कार्यक्रममा भएको थियो, जुन विक्की कौशलले होस्ट गरेका थिए। त्यसपछि उनीहरूको सम्बन्ध बलियो बन्दै गएको थियो।

दुवैले सन् २०२१ डिसेम्बरमा राजस्थानको सवाई माधोपुरस्थित ‘सिक्स सेन्सेस फोर्ट बारा’मा गोप्य रूपमा विवाह गरेका थिए। अहिले उनीहरू बलिउडका सबैभन्दा प्रिय र चर्चित जोडीमध्ये एक मानिन्छन्।

कट्रिना र विक्कीले अभिभावक बनेसँगै प्रशंसक र सहकलाकारहरूले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् ।  

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १२ : ३९ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री