पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो « Khabarhub

पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफा घट्यो


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक अवधिमा अधिकांश वाणिज्य बैंकको नाफामा गिरावट आएको छ । चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा १८ प्रतिशत बढीले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले चालु आवको पहिलो त्रैमासिक अवधिमा १३ अर्ब १४ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा ती बैंकहरूले १६ अर्ब १८ करोड बढी खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै २८९.७७ प्रतिशतले वृद्धि भएको छ । सो बैंकले समीक्षा अवधिमा ५८ करोड ९७ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ, जबकि बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १५ करोड १३ लाख २ हजार रुपैयाँ मात्रै गरेको थियो ।

तर, समीक्षा अवधिमा सबैभन्दा धेरै खुद नाफा भने ग्लोबल आईएमई बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ गरेको छ । जबकि बैंकले अघिल्लो आवको सोही अवधिमा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा ग्लोबल आईएमई बैंक, सानिमा, एनआईसी एशिया र एभरेष्ट बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा नाफामा वृद्धि गरेको तथ्यांकले दोखाएको छ । तर, अरु सबै वाणिज्य बैंकको नाफामा भने गिरावट आएको छ ।

चालु आवको पहिलो त्रैमासिक अवधिमा अघिल्लो आवको सोही आवको अवधिको तुलनामा सिटिजन्स बैंक इन्टरनेसनलको खुद नाफामा सबैभन्दा धेरै गिरावट भएको छ । समीक्षा अवधिमा सो बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँले घाटामा पुगेको छ, जबकि अघिल्लो आवको सोही अवधिमा सो बैंकले १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कुन बैंकको नाफा कति ? (हजारमा)

बैंकचालु त्रैमासिकगत त्रैमासिकफरक %
राष्ट्रिय वाणिज्य५८९७३३१५१३०२२८९.७७
ग्लोबल आईएमई१८५८६५०१५१२१४०२२.९१
सानिमा४५४९१८३९९५३०१३.८६
एनआईसी एसिया१२२१६०११०५२६१०.५२
एभरेष्ट बैंक११७९२७४११२७७४०४.५६
सिटिजन्स–२२०४१११९८२२०
कृषि विकास५७३८१९०९२३–९६.९९
एनआईएमबी४५०५०१४६४०७५–९६.९२
प्रभु५५८४८३१०४०६५७–४६.३३
नेपाल एसबिआई५०१५६५८१४६५१–३८.४३
लक्ष्मि सनराइज३३२३३१५३६३५९–३८.०३
एनएमबी९१५९८३११४५६०३–२०.०४
स्टान्डर्ड चार्टर्ड६९२१६९८६१२०१–१९.६२
माछापुच्छ्रे४१७९५६५०३२६३–१६.९५
सिद्धार्थ३२४०९१३८२०८४–१५.१७
नबिल१७५६९९१२०५६५९०–१४.५६
हिमालयन७०२८९४७२६४३२–३.२४
नेपाल बैंक५८८२८७६०२१९८–२.३१
प्राइम१२५८४३०१२८६७८७–२.२०
कुमारी१०५६५३११०७८१७७–२

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १ : १५ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा