माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक « Khabarhub

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा आधारित बायोपिक फिल्म ‘माइकल’ को ट्रेलर लायन्सगेटले बिहीबार सार्वजनिक गरेको छ । 

फिल्म एन्टोइन फुकुवाले निर्देशन गरेका हुन् । यो २०२६ को अप्रिल २४ मा रिलिज हुने तय भएको छ ।

टिजर ट्रेलरमा माइकल ज्याक्सनको पहिलो झलक देखाइएको छ, जसमा माइकल ज्याक्सनको भूमिका उनकै भतिजा जाफर ज्याक्सनले निभाएका छन् । फिल्मले ज्याक्सनको संगीत यात्रा, व्यक्तिगत जीवन र परिवारसँगको सम्बन्धलाई पर्दामा जीवित बनाउने प्रयास गरेको छ ।

फिल्म ‘माइकल’ विश्वभरका ज्याक्सनका प्रशंसकका लागि उनलाई पर्दामा नजिकबाट अनुभव गर्ने सुनौलो अवसर बन्नेछ ।

साथै, फिल्ममा माइल्स टेलरले ज्याक्सनका वकिल र सल्लाहकार जोन ब्रान्काको भूमिकामा अभिनय गरेका छन् भने, कोलम्यान डोमिंगोले उनका बुबा जो ज्याक्सनको भूमिका निभाएका छन् । 

फिल्मको प्रारम्भिक प्रदर्शन मिति २०२५ अक्टोबर ३ तोकिएको थियो, तर पछि स्थगित गरेर अब २०२६ अप्रिल २४ मा रिलिज गरिने घोषणा गरिएको छ ।

फिल्म ‘माइकल’ ले विश्वभरि पप संगीतको राजा भनेर चिनिएका माइकल ज्याक्सनको व्यक्तिगत जीवन, करियर र संगीत यात्रा समेट्ने बताइएको छ । यसले उनका सफलताका क्षण, चुनौती र उनका परिवारसँगको सम्बन्धमाथि समेत प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

फिल्म रिलिजसँगै विश्वभरका ज्याक्सनका प्रशंसकले उनको जीवनको यात्रा ठूलो पर्दामा हेर्ने मौका पाउने छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ३४ बजे

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा खर्च : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा