माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक « Khabarhub

माइकल ज्याक्सनको जीवनी फिल्म ‘माइकल’को ट्रेलर सार्वजनिक


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड पप संगीतका महानायक माइकल ज्याक्सनको जीवन र करियरमा आधारित बायोपिक फिल्म ‘माइकल’ को ट्रेलर लायन्सगेटले बिहीबार सार्वजनिक गरेको छ । 

फिल्म एन्टोइन फुकुवाले निर्देशन गरेका हुन् । यो २०२६ को अप्रिल २४ मा रिलिज हुने तय भएको छ ।

टिजर ट्रेलरमा माइकल ज्याक्सनको पहिलो झलक देखाइएको छ, जसमा माइकल ज्याक्सनको भूमिका उनकै भतिजा जाफर ज्याक्सनले निभाएका छन् । फिल्मले ज्याक्सनको संगीत यात्रा, व्यक्तिगत जीवन र परिवारसँगको सम्बन्धलाई पर्दामा जीवित बनाउने प्रयास गरेको छ ।

फिल्म ‘माइकल’ विश्वभरका ज्याक्सनका प्रशंसकका लागि उनलाई पर्दामा नजिकबाट अनुभव गर्ने सुनौलो अवसर बन्नेछ ।

साथै, फिल्ममा माइल्स टेलरले ज्याक्सनका वकिल र सल्लाहकार जोन ब्रान्काको भूमिकामा अभिनय गरेका छन् भने, कोलम्यान डोमिंगोले उनका बुबा जो ज्याक्सनको भूमिका निभाएका छन् । 

फिल्मको प्रारम्भिक प्रदर्शन मिति २०२५ अक्टोबर ३ तोकिएको थियो, तर पछि स्थगित गरेर अब २०२६ अप्रिल २४ मा रिलिज गरिने घोषणा गरिएको छ ।

फिल्म ‘माइकल’ ले विश्वभरि पप संगीतको राजा भनेर चिनिएका माइकल ज्याक्सनको व्यक्तिगत जीवन, करियर र संगीत यात्रा समेट्ने बताइएको छ । यसले उनका सफलताका क्षण, चुनौती र उनका परिवारसँगको सम्बन्धमाथि समेत प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

फिल्म रिलिजसँगै विश्वभरका ज्याक्सनका प्रशंसकले उनको जीवनको यात्रा ठूलो पर्दामा हेर्ने मौका पाउने छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  २ : ३४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता