माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन « Khabarhub

माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्न निर्वाचन आयोग पुगे पुन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जे‍न-जी अभियान्ता सन्दिप पुन ‘शहीद’ले निर्वाचन आयोगलाई पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिह्न यथावत राख्न आग्रह गरेका छन्।

निर्वाचन आयोगलाई लेखिएको पत्रमा उनले माओवादी केन्द्रको कार्यसमिति हाल महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको उल्लेख गरिएको छ ।

यस्तो अवस्थामा नयाँ कार्यसमिति गठन नहुँदासम्म उक्त समिति काम चलाऊ अवस्थामा रहेको भन्दै दीर्घकालीन असर पार्ने निर्णय गर्न सक्ने अधिकार नरहेको जिकिर गरेका छन् ।

पुनले माओवादी केन्द्र वैधानिक रूपमा यथावत रहेको र त्यस पार्टीले आफ्नो चुनाव चिन्ह, नाम तथा माओवादी सिद्धान्त परित्याग गर्न नसक्ने स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्, ‘माओवादी केन्द्रको ऐतिहासिक जनयुद्ध, सहिद, घाइते र बेपत्ताहरूको योगदानको आधारमा स्थापित नाम, झण्डा र चुनाव चिन्ह परिवर्तन गर्न खोज्नु जनताको बलिदानमाथि प्रहार हो।’

पत्रमा निर्वाचन आयोगलाई दबाब वा प्रभावमा नपरी निष्पक्ष रहन आग्रह गर्दै, आयोगले माओवादी केन्द्रको नाम, झण्डा र चुनाव चिन्ह फ्रिज गरे निर्वाचनको वैधानिकता नै प्रश्नमा पर्ने चेतावनी दिइएको छ।

पुनले भनेका छन्, ‘यदि आयोग प्रभावित भई पार्टीको नाम र चिन्ह फ्रिज गरी चुनावमा भाग लिन वञ्चित गरिएमा हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं, जसबाट हुने परिणामको जिम्मेवारी निर्वाचन आयोग र नेपाल सरकार दुवैले लिनुपर्नेछ।’

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ४ : ०३ बजे

खोटाङमा पर्यावरण संरक्षण अभियान सुरु

खोटाङ– यस क्षेत्रमा रहेका जैविक विविधताको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन

गरिब, किसान र श्रमिकलाई बजेटले सम्बोधन नगरेको एमाले नेता प्रदीप ज्ञवालीको टिप्पणी

काठमाडौं– नेकपा एमालेका नेत प्रदीप ज्ञवालीले आगामी आर्थिक वर्षको बजेटले

नेकपा नेतृत्वप्रति केन्द्रीय सदस्य पराजुलीको आक्रोश- सुधारको कुनै सम्भावना देखिएन

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सुदेश पराजुलीले

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली