टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन « Khabarhub

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक बुढाथोकी थप बालेका छन् ।

टंकको डेब्यू निर्देशन रहेको फिल्ममा बाल गायक अशोक दर्जीको जीवनीको कथामा आधारित छ । यसको शीर्ष कलाकार अशोक नै हुन् ।

हलहरुले सँगै प्रदर्शनमा आउन लागेको ‘जारी २’लाई बढी र आफ्नो निर्देशन रहेको फिल्म ‘बन बिनाको धन’ कम शो दिएपछि टंकले बिहीबार लेखेका थिए, ‘मसँगै अशोकले पनि हार्दैछन् ।’

यो पनि : फिल्म प्रदर्शनको संघारमा टंकले किन भने- अशोकले हार्दैछन्

प्रदर्शनको पहिलो दिन शुक्रबारका लागि ‘जारी’ले २५८ र ‘मन बिनाको धन’ले ७६ शो पाएको थियो ।

न्युरोडको एक हल भिजिटका क्रममा शुक्रबार टंकले कम शो दिएकै कारण आफूले लेख्न बाध्य भएको बताए ।

हलहरूले कम शो दिए पनि दर्शकहरूले साथले आफूहरूले हार्नु नपरेको अशोकले बताए ।

अशोकले भने, ‘पक्कै हामीले हारिसकेको थियौँ । र दर्शकले हामीलाई साथ दिनुभयो ।’

कम शो पाउँदा पनि भिजिटमा पुगेको हल हाउसफुल देखेपछि अशोकले त्यसो भनेका हुन् ।

फिल्मको समीक्षा र सकारात्मक वर्ड अफ माउथ सार्वजनिक भएपछि हलहरूले शो बढाउनेमा टंक आशावादी छन् ।

आफ्नो सिर्जनामा विश्वास राख्दै उनी भन्छन्, ‘पक्कै हाम्रो सिर्जना बोल्ला । समीक्षा आएपछि हाम्रो फिल्मले उचित शो पाउँला ।’

आफू फिल्ममा नयाँ भएकाले शो बाँडफाँटको विषयमा आफू अलमलमा परकोसमेत टंकले बताए ।

उनले भने, ‘जानिँदैन रहेछ । हामी त नयाँ मान्छे ।’

दर्शकलाई माया गर्ने व्यक्तिहरू धेरै भएको फिल्मले दर्शकको उच्च साथ पाउनेमा उनी निकै आशावादी देखिन्छन् ।

टंक सांकेतिक रूपमा भने, ‘मैले अशोकका लागि गरेको हो । अशोकले हार्दैन । दर्शकले उसलाई जिताउनुहुन्छ ।’

सडकमा गीत गाउँदै गरेका अशोकलाई काठमाडौं ल्याएर संरक्षण दिँदै टंकले गायक बनाए पश्चात् ठूलो पर्दामा प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : २३ बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग