एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ « Khabarhub

एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले संयुक्त वक्तव्य निकाल्दै नयाँ राजनीतिक पहलका लागि आह्वान गरेका छन्।

उनीहरूको वक्तव्यमा हालको सत्ता नेतृत्वलाई गैरजिम्मेवार ठहर गरेका छन् । उनीहरूले राजनीतिक दलहरू जनताबाट टाढा गइरहेको बताएका छन्।

भदौ २३ गतेको जेन-जी आन्दोलन र त्यसपछिका घटनाहरूले दलहरूको असक्षमता उजागर गरेको उनीहरूले उल्लेख गरेका छन् ।

‘पुराना दल र तिनका नेताहरूले पुरानै संरचना र तरिका जोडजाड गरेर आफ्नो वर्चस्व बचाउन खोज्नु मुलुकलाई अझ संकटतर्फ धकेल्ने कार्य हो,’ उनीहरूले भनेका छन्।

संयुक्त वक्तव्यमा जनता गहिरिँदो निराशा र राष्ट्रिय असुरक्षाबारे चर्चा गर्दै मुलुकलाई प्रगतिशील र लोकतान्त्रिक दिशातर्फ लैजान अब बृहत् मोर्चावन्दीको आवश्यकता रहेको निष्कर्ष निकालिएको छ।

तीन नेताहरूले भनेका छन्, ‘राष्ट्रमाथि आएको चौतर्फी संकटको सामना गर्न सबै प्रतिवद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील र देशभक्तहरूले एकताबद्ध भई ऐतिहासिक पहल लिनुपर्छ।’

वक्तव्यमार्फत उनीहरूले समान विचार र प्रतिवद्धता भएका सबै पक्षसँग संवाद, छलफल र सहकार्यको लागि आह्वान गरेका छन्।

यो संयुक्त वक्तव्यले नेपाली वाम राजनीतिमा नयाँ पुनर्संरेखनको संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ६ : १८ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को