झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा « Khabarhub

झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा


२१ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा – शिवसताक्षीस्थित दुधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब विजयी बन्दै फाइनलमा प्रवेश गरेको छ ।

आजको खेलमा नेपाल पुलिस क्लबले काठमाडौँको सङ्कटा फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।

खेलको ७०औँ मिनेटमा पुलिस क्लबले खेलमा अग्रता बनाएको थियो । पुलिस क्लबकी मीना देउवाले सटिक हेडमार्फत पहिलो गोल गरेकी थिइन् । यसपछि ८२औँ मिनेटमा पुलिस क्लबकै रेखा पौडेलले दोस्रो गोल गरिन् ।

खेलको प्लेयर अफ द म्याच पुलिस क्लबकी रेखा पौडेल भइन् । उनले नगद रु १५ हजार र ट्रफी पाइन् । प्रतियोगिताको विजेता टोलीले नगद रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । दुई–शून्य गोलको जितसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छभने सङ्कटा क्लब प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार एपिएफ र त्रिभुवन आर्मी क्लबबीच सेमिफाइनलको अर्को प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ८ : ५३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्