ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’ « Khabarhub

ओली कुटीको नक्सा पोस्ट गर्दै शिक्षामन्त्री लेख्छन्- ‘इन्जिनियरलाई कारबाही गर्नुपर्छ !’


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले ओली कुटीको नक्सा बनाउने इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै व्याङ्ग्य गरेका छन् । कुटीको नक्सा बनाएर ल्याउनु भनेका इन्जिनियरले दरबारको नक्सा बनाएर ल्याएको भन्दै उनले ओली कुटीको नक्साप्रति व्यङ्ग्य गरेका हुन् ।

सामाजिक सञ्जालमा सक्रिय पुनले केही दिन अघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा शिलान्यास भएर बन्न लागेको घरको नक्साप्रति यस्तो व्याङ्ग्य गरेका हुन् ।

मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जीनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। 🤣😂हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरबारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ?😂😆🤣 एक छिन रमाइलो।’

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ३५ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता