आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली « Khabarhub

आइतबारको माैसम पूर्वानुमान : देश आशिंक बदली


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार दिउँसो देशभर घाम लाग्दै बादल लाग्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले अहिले पनि देशभर घाम लाग्दै बादल लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा कुहिरो तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनेछ ।

यस्तै सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपात तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

मंगलबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम सफा रहने छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ४१ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ