महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने « Khabarhub

महाधिवेशनमा एमालेले ५० हजार बढी युवा उतार्ने


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले ५० हजार युवा काठमाडौंमा उतार्ने घोषणा गरेको छ।

युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेश कमिटीलाई अनिवार्य रुपमा युवाको सहभागिताका लागि निर्देशन दिएको हो ।

थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट सय जनाका हजारका दरले ६ हजार एक सय, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५ हजार जना युवा जुटाउने युवा संघको तयारी छ ।

यसैगरी महाधिवेशनमा कोशी प्रदेशबाट चार हजार, मधेसबाट चार हजार, गण्डकीबाट तीन हजार लुम्बिनीबाट दुई हजार, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट पाँच सयका दरले युवा जुटाउने युवा संघले जनाएको छ ।

संघका अध्यक्ष थेबे भन्नुहुन्छ ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौ । यसका लागि हाम्रो संगठनका सबै कमिटी परिचालन गरेका छौं ।’

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी स्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ५३ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता