अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा « Khabarhub

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ । 

शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए ।

शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।

बस मालिकले कानुनले तोकेकोभन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए । वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए । 

बसका चालक अमृतबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले राजमार्ग खुलाइएको जानकारी दिइन् । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका थिए । 

मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा चोट लागेको छ भने ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकामा चोट लागेको छ । 

पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ ।
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १ : ३८ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,