निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल « Khabarhub

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येय : सञ्चारमन्त्री खरेल


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाटन–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले  सुशासनमार्फत भ्रष्टाचारको अन्त्य  र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । 

श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा  ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरमा आजदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को शुभारम्भका अवसरमा उनले आगामी निर्वाचनमा  सही प्रतिनिधि छनौट गर्न आग्रह गरे । 

उनले भने, ‘वर्तमान सरकार जेनजेड आन्दोलनको जगमा गठन भएको हो । सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो । यसमा सहयोग गर्न म सबैमा आग्रह गर्दछु ।’ मन्त्री खरेलले धर्मको महत्त्व र महिना उच्चकोटीको रहेको चर्चा गरे । 

महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भावलाई अनुसरण गर्दै समाजसेवामा लाग्न जोड दिइन् । 

आयोजक समितिका अध्यक्ष राजन थापाले असक्तलाई सहयोग गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी गराए ।
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १ : ४७ बजे

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च