बालिकाको हत्यामा संलग्न पक्राउ, प्रहरीले भन्यो-ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान हुँदैछ « Khabarhub

बालिकाको हत्यामा संलग्न पक्राउ, प्रहरीले भन्यो-ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान हुँदैछ


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ सामुदायिक वनभित्र शव फेला परेको थियो । 

घटनास्थलमा बरामद भएका कपडा हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अनुसन्धान गर्दै जाँदा अधिकारीलाई पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

पक्राउ परेका अधिकारीले बालिकालाई विभिन्न प्रलोभन देखाएर घरभन्दा चार दशमलव पाँच किलोमिटर पर रहेको उक्त जङ्गलमा लगेर हसियाँले घाँटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको सहप्रवक्ता भट्टले बताए  । 

उक्त घटनाका सन्दर्भमा प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्तागरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : १४ बजे

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश