खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन  « Khabarhub

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको पफ फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । 

खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने ‘पफ’मा अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि विभागले एक सुचना जारी गर्दै फिर्ता गर्न निर्देशन दिएको हो ।

बजार अनुगमन क्रममा संकलन गरेका नमुनाहरूलाई प्रयोगशालामा परीक्षण गर्दा पफमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा निकै बढी भेटिएको भन्दै उत्पादक कम्पनीलाई बजारबाट सबै पफ तत्काल फिर्ता लिन विभागले भनेको हो । 

सम्बन्धित उत्पादकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको भन्दै विभागले खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था रहेकोमा सोभन्दा बढी प्रयोग गरेर मानव स्वास्थ्यमा असर पार्ने काम गरेको औँल्याएको छ । 

खाद्य विभागले ललितपुर गोदावरी–१० स्थित खजुरीको नेपालले उत्पादन गरेको पफ ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गर्दै उक्त उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान र थप बिक्री नगर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ४५ बजे

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार

ट्रम्पको दाबी : आठ महिनायता कोही पनि अवैध रूपमा अमेरिका पसेका छैनन्

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब देशमा अवैध रूपमा प्रवेश

जनमोर्चाको घोषणापत्र : मुख्य चुनावी एजेन्डा संघीयता खारेजी

काठमाडौं- राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेण्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको