खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन  « Khabarhub

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको पफ फिर्ता गर्न उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । 

खजुरीको नेपाल प्रालिले उत्पादन गर्ने ‘पफ’मा अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि विभागले एक सुचना जारी गर्दै फिर्ता गर्न निर्देशन दिएको हो ।

बजार अनुगमन क्रममा संकलन गरेका नमुनाहरूलाई प्रयोगशालामा परीक्षण गर्दा पफमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा निकै बढी भेटिएको भन्दै उत्पादक कम्पनीलाई बजारबाट सबै पफ तत्काल फिर्ता लिन विभागले भनेको हो । 

सम्बन्धित उत्पादकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको भन्दै विभागले खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था रहेकोमा सोभन्दा बढी प्रयोग गरेर मानव स्वास्थ्यमा असर पार्ने काम गरेको औँल्याएको छ । 

खाद्य विभागले ललितपुर गोदावरी–१० स्थित खजुरीको नेपालले उत्पादन गरेको पफ ‘न्यूनस्तरको खाद्य पदार्थ’ ठहर गर्दै उक्त उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान र थप बिक्री नगर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  २ : ४५ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन