काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनीमा परेको सिंहदरबारको अवलोकन गरेकी छन् ।
उनी आइतबार दिउँसो २ बजे सिंहदरबार पुगेर क्षतिग्रस्त संरचनाको अवलोकन गरेकी हुन् । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया