संसद् भवन परिसरमा जेन-जी सहिदका सालिक निर्माणको सम्भाव्यता खोज्न गृहमन्त्रीद्वारा निरीक्षण « Khabarhub

संसद् भवन परिसरमा जेन-जी सहिदका सालिक निर्माणको सम्भाव्यता खोज्न गृहमन्त्रीद्वारा निरीक्षण


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्दै संसद् भवनको परिसरभित्र निर्माण गरिने ‘जिएन-जी सहिद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन गरेका छन् ।  

जिएन-जी सहिद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता बुझ्न र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा आइतबार त्यहाँ पुगेका हुन् । 

सरकारले भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जिएन-जी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय गरेको थियो भने कार्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जिएन-जी युवा र तीन प्रहरीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । 

भवनको निरीक्षण गर्दै मन्त्री अर्यालले निर्माण हुँदै गरेका भवनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षहरूको प्रगति तथा प्राविधिक पक्षसमेत बुझेका छन् ।

सोही क्रममा मन्त्री अर्यालले संसद् भवनको भौतिक प्रगतिबारे स्थलमा उपलब्ध भएका इन्जिनियरहरूसँग जानकारीसमेत लिएका थिए । 

साथै उनले संसद् भवनभित्र बन्दै गरेका अन्य प्राविधिक र प्रशासनिक भवनहरूको पनि निरीक्षण गर्दै आवश्यक जानकारी पनि लिए । 

इन्जिनियरहरूसँग कुरा गर्दै मन्त्री अर्यालले संसद् भवन निर्माणका लागि थपिएको पछिल्लो समयावधि भित्र परियोजनाको काम सम्पन्न हुने वा नहुनेबारे चासोसमेत प्रकट गरेका थिए । 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ५ : १० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका