संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे « Khabarhub

संसद् महत्त्वपूर्ण र निर्णायक हो भन्ने पुस्ट्याइँ गर्ने गरी काम गर्नुस् : सभामुख घिमिरे


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्त्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

उन्नाइसौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आइतबार आयोजित ‘उत्प्रेरित कर्मचारी: उत्कृष्ट  संसद् सेवा’ विषयक कार्यक्रममा सभामुख घिमिरेले संसद् महत्त्वपूर्ण अङ्ग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताए ।

उनले भने, ‘कस्ता किसिमका निर्णय गर्दा सदनको गरिमा बढ्छ भन्नेबारे खुला बहस र छलफल हुनुपर्छ ।’

कर्मचारीका दायित्व, समस्या र हाम्रो संसद्को चरित्रबारे पनि गहन छलफलको आवश्यकतामा जोड दिँदै सभामुख घिमिरेले कर्मचारीलाई प्रभावकारी नबनाई यो प्रणालीलाई चुस्त तुल्याउन सकिदैन भने । 

संसद् सेवाका कर्मचारीको मनोबल उकास्नु पर्नेमा तजविजका आधारमा बजेट विनियोजन गर्ने परिपाटीले चुनौती खडा गरेको उल्लेख गर्दै उनले स्थायी सदनकारूपमा रहेको राष्ट्रियसभाको अधिवेशन बोलाउनका लागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले भने, ‘अहिलेको विशिष्ट परिस्थितिबाट देशले छिट्टै राजनीतिक निकास पाउने विश्वास छ, देशको आवश्यकता अनुरूप सदन प्रभावकारी हुनेछ, आउने दिनमा अन्यौलता हट्नेछ । बनेका कानुन कार्यान्वयन गर्न सरकारलाई  सहयोग गर्ने, बाध्य र विवश तुल्याउने तथा तर्जुमा गर्नु पर्ने कानुन पनि समयमै गर्न स्पष्ट दृष्टिकोण, आवश्यक कानुनी व्यवस्था गर्ने छ ।’

सो अवसरमा विषय विज्ञका रूपमा पूर्व सचिव राजन खनालले कर्मचारीलाई कार्य जिम्मेवारीले अनुभवी बनाउने भएकाले सबै सेवामा रहनेलाई वृत्ति विकासमा समान अवसर प्रदान गरिनु पर्ने आवश्यकतामा जोड दिए । 

उनले जनताले सेवा प्राप्तिमा परिवर्तन खोजेकाले कर्मचारीतन्त्र रूपान्तरण हुने पर्नेमा जोड दिए । पूर्व सचिव खनालले सेवा प्रवाहलाई विश्वमा विकास भइरहेको नवीनतम प्रणाली र उपकरणको माध्यमबाट गर्न सकिने बताए ।

अर्का विज्ञ जातीरमण भट्टराईले राष्ट्र सेवक कर्मचारी जागरुक र जिज्ञासु भएर राज्यबाट जनतालाई प्रदान गरिने सेवा सहज तुल्याउने गरी कार्य सम्पादन गर्न सुझाव दिए  । 

मनो परामर्श विज्ञ डा खगेन्द्र सुवेदीले निश्चित सूचकका आधारमा आवधिक बढुवा प्रणालीलाई पारदर्शी तुल्याउँदै हरेक कर्मचारीलाई उत्तरदायी तुल्याउनु आजको आवश्यकता भएको बताए ।  

सो अवसरमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र सचिव डा रोजनाथ पाण्डेले सहभागीको जिज्ञासा र संसद् सेवाका विविध पक्षबारे जानकारी दिए ।
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ४८ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग