कर्णालीको दोस्रो जित, सञ्जयको अर्धशतकले रोकेन साबिक विजेता जनकपुरलाई लिग चरणको अन्तिम बन्न « Khabarhub

कर्णालीको दोस्रो जित, सञ्जयको अर्धशतकले रोकेन साबिक विजेता जनकपुरलाई लिग चरणको अन्तिम बन्न


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ४ विकेटले विजय भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।

अन्तिम बलमा ५ रनको आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालीले जित हार पार्दै साविक विजेता जनकपुरलाई लिग चरणको कमजोर बनाएको हो । कर्णाली २ जित सहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

जारी सिजनबाट बाहिरिएको कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि लुम्बिनी लायन्ससँग मात्रै जितेको छ । कर्णालीले पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हारेको थियो ।

साबिक विजेता जनकपुरले ७ खेलमा १ जितसहित तालिकोको अन्तिममा छ ।

यो टिमले लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, र काठमाडौं गोर्खाजसँग हारेको छ । लिग चरणको अन्तिम खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले ३९ बलमा ५१ रन जोडे ।

उनको अर्धशतकले टिम हारबाट जोगिएन । फलतः तालिकाको अन्तिम स्थानमा चित बुझाउन बाध्य भयो ।

६ ओभरमा पहिलो बलमा दोस्रो विकट जाँदा २६ रनको अवस्थामा भएको जनकपुरको इनिङ सञ्जयले उकास्दा खेल थ्रिलिङ बनेको हो ।

जनकपुरका संगीत कुरे दोस्रो सर्वाधिक २५ रन जोडे । जान निकोल लोफ्टी(इटनले अविजीत १३ रन जोडे ।

ओपनर आशिफ शेख र ब्याटर अनिल शाहले रनको खाता खोल्न सकेनन् । ओपनर माज सदाकतले १२ रन जोडे ।

बलिङतर्फ मार्क वाटले प्रदर्शन उत्कृष्ट रह्यो । चार ओभर बलिङ गर्दा उनले ओपनर आशिफ शेखको एक विकेट लिदै मात्र ९ रन दिए । उनले एक ओभर मेडन फ्याके । 

विलियमा बोसिस्टोले सर्वाधिक २ विकेट लिए । उनल ओपनर माजको विकेटसमेत लिए । पवन सर्राफले अनिल शाहको महत्त्वपूर्ण विकेट लिए । 

जनकपुरका लागि सर्वाधिक रन बनाउने सञ्जयको विकेट नन्दन यादवले लिए । कप्तान सोमपाल कामीले १ विकेट लिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ५० बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको