चीनमा ऊर्जा र उच्च-प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति « Khabarhub

चीनमा ऊर्जा र उच्च-प्रविधिको विस्तारले अर्थतन्त्रलाई नयाँ गति


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको छ । भू–राजनीतिक तनाव र व्यापारिक चुनौतीहरू कायम रहँदा पनि चीनको मजबुत आर्थिक आधार, नीतिगत सक्रियता र औद्योगिक रूपान्तरणले विश्वभर सकारात्मक अपेक्षा बढाएको छ ।

गोल्डम्यान स्याक्सले हाल प्रकाशित प्रतिवेदनमा सन् २०२५ का लागि चीनको जिडिपी वृद्धि दर ४.९ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्‍याएको छ । 

प्रतिवेदनले आगामी केही वर्षमा चीनको वास्तविक निर्यात वृद्धि ५ देखि ६ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ, जसले विश्व बजारमा चीनको प्रतिस्पर्धात्मक क्षमता निरन्तर विस्तार भइरहेको सङ्केत गर्छ । पारम्परिक उद्योगको उन्नयन र नयाँ ऊर्जा तथा प्रविधि–आधारित उद्योगको तीव्र विकासले यो वृद्धि सम्भव भएको बताइएको छ ।

आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले पनि चीनको वृद्धि पूर्वानुमान ५ प्रतिशतमा संशोधन गर्दै चीनलाई विश्व आर्थिक स्थिरताको महत्त्वपूर्ण आधारको रूपमा स्वीकार गरेको छ । 

ओईसीडीका अनुसार आय वृद्धि, उपभोग विस्तार र सवारीसाधन तथा घरायसी सामान अदला–बदली कार्यक्रमले आन्तरिक मागलाई उल्लेखनीय रूपमा बढाएको छ ।

डोइचे बैङ्क, मर्गन स्ट्यान्लीजस्ता प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको नीतिगत क्षमतालाई बलियो र प्रभावकारी रहेको निष्कर्ष निकालेका छन् । 

डोइचे बैङ्कका अनुसार ५०० अर्ब युआन बराबरको नयाँ वित्तीय साधनले सन् २०२५ को अन्तिम त्रैमासिक र सन् २०२६ को प्रारम्भमा घरेलु मागलाई थप मजबुत बनाउनेछ ।

स्वदेशी विश्लेषकहरूले पनि चीनको विशाल बजार, सुव्यवस्थित औद्योगिक श्रृङ्खला, प्रविधि–आधारित व्यापार संरचना सुधार तथा उदाउँदो उपभोग क्षेत्रलाई भविष्यको वृद्धि इन्जिनका रूपमा देखेका छन् । 

घरेलु उत्पाद र नयाँ व्यवसाय मोडेलहरूको विश्व बजारमा बढ्दो स्वीकार्यता चीनको आर्थिक सम्भावनालाई थप मजबुत बनाएको छ ।

उच्च–गुणस्तरीय विकास, स्थिरता र पुनर्जीवन क्षमताजस्ता मूल आधारहरू अपरिवर्तित रहेको र चीनले विश्व अर्थतन्त्रमा स्थिरता र वृद्धि दुवैका लागि महत्त्वपूर्ण भूमिका खेलिरहने विश्लेषकहरूको निष्कर्ष छ । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : १६ बजे

एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश गरिन्

सिरहा- नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ मात्र जवाफ

काठमाडौं–  केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

एजेन्सी – भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित

तुलसीपुरमा घट्दै पानीको आपूर्ति

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै