बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु « Khabarhub

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।

विद्यार्थी आन्दोलनबाट सुरु भएको जनविद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेको थियो ।  

संयुक्त राष्ट्रसङ्घको सहयोगमा दशकौँदेखि विश्वव्यापी सामूहिक चिहानहरूमा उत्खनन गरी मृतकको पहिचान गर्ने मिशनको नेतृत्व गरेका अर्जेन्टिनी फरेन्सिक मानवशास्त्री लुइस फोन्डेब्रिडरको अगुवाईमा चिहानको उत्खनन हुने बताइएको छ। 

ती शवहरूलाई ढाकाको रेयरबजार कब्रिस्तानमा स्वयंसेवी समूह अन्जुमन मुफिदुल इस्लामले सन्  २०२४ जुलाईमा ८० र अगस्टमा मा अन्य ३४ लावारिस शवहरू व्यवस्थापन गरेको थियो।

संयुक्त राष्ट्रसङ्घले हसिनाले सत्तामा रहिरहने प्रयासमा गरेको व्यापक दमन र त्यसपछिका हिंसात्मक झडपका क्रममा कम्तीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

गत महिना मानवता विरुद्धको अपराधको लागि बङ्गलादेशको एक अदालतले उनलाई दोषी ठहराएको थियो ।
 
अपराध अनुसन्धान विभाग (सिआइडी) का प्रमुख मोहम्मद सिबगाट उल्लाहले अनुसन्धानकर्ताहरूले सामूहिक चिहानमा लगभग ११४ लावारिश शवहरू रहेको विश्वास गरेको बताए ।
 
‘चिहान खनेर शव निकालिएपछि मात्र हामी शबको पहिचानबारे पुष्टि गर्न सक्छौँ,’ उल्लाहले भने । 

बाहिर निकालेका शवको पोस्टमार्टम परीक्षण र डिएनए परीक्षण गरिनेछ । यो प्रक्रिया पूरा हुन केही हप्ता लाग्ने अपेक्षा गरिएको छ।

‘एक वर्षभन्दा बढी भइसक्यो, त्यसैले नरम तन्तुहरूबाट डीएनए निकाल्न सम्भव छैन,’ वरिष्ठ प्रहरी अधिकारी अबु तालेबले एएफपीसँग भने । ‘हड्डीहरूबाट अनुसन्धानको काम गर्दा बढी समय खपत हुनेछ,’ उनले थपे ।

ढाकाका चार मेडिकल कलेजका फरेन्सिक विशेषज्ञहरू टोलीमा सामेल छन् भने फोन्डेब्रिडरलाई संयुक्त राष्ट्रसङ्घ अधिकार निकाय ओएचसिएचआरसँगको सम्झौताको एक भागको रूपमा सहयोग प्रदान गर्न ल्याइएको छ।
 
उनले भने, ‘यो प्रक्रिया जटिल र अद्वितीय छ । हामी अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्ने सुनिश्चितता गर्नेछौँ ।’ 

फोन्डेराइडरले यसअघि अर्जेन्टिनाको पूर्व सैन्य तानाशाहीको समयमा बेपत्ता भएका दशौँ हजार व्यक्तिहरूको अनुसन्धान गर्न सन् १९८४ मा स्थापना गरिएको अर्जेन्टिनाको मानवशास्त्रीय फरेन्सिक समूहको नेतृत्व गरेका थिए  । 

अधिकारीका अनुसार निकालिएका शवहरूलाई धार्मिक संस्कार र उनीहरूको परिवारको इच्छाअनुसार पुनः गाडिनेछ ।
 
गत महिना अनुपस्थितिमा दोषी ठहर गरिएकी पूर्व प्रधानमन्त्री हसिनालाई एक अदालतले उनको अनुपस्थितिमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाएको थियो । रासस
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ७ : ४३ बजे

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण