सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु « Khabarhub

सोमालियामा ‘भ्यागुते रोग’का कारण ५० बालबालिकाको मृत्यु


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मोगादिशु – सोमालियामा भ्यागुते रोग’ का कारण कम्तीमा ५० बालबालिकाको मृत्यु हुनुका साथै एक हजार अन्य सङ्क्रमित भएको सोमालियाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले आइतबार बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त रोगका कारण ५ देखि १५ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस ‘खतरनाक अवस्था’ लाई सम्बोधन गर्दै मन्त्रालयले रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरेको छ, खोप डिसेम्बर १५ देखि सुरु हुनेछ र पाँच दिनसम्म चल्नेछ।”

“गाउँ, स्वास्थ्य संस्था र विद्यालयमा रहेका सबै बालबालिकालाई खोप लगाइने छ”, मन्त्रालयले भनेको छ। यसलाई ‘घातक रोग’ को रूपमा वर्णन मन्त्रालयले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई खोप तथा उपचारका लागि तोकिएको स्थानमा ल्याउन आग्रह गरेको छ ।

यो चेतावनी सोमालियामा बिग्रँदो मानवीय अवस्था, बाढी र खडेरीलगायत निरन्तर द्वन्द्व र जलवायु परिवर्तनका झट्काहरूले जटिल बनाइरहेको बेला आएको हो।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : ३९ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको