चितवन निकुञ्जले राप्तीमा छाड्यो ४१ गोही « Khabarhub

चितवन निकुञ्जले राप्तीमा छाड्यो ४१ गोही


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना छ ।

गत आर्थिक वर्षमा १०५ गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उनले जानकारी दिए ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार ९९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगर उल्लेख गरे । ती गोही बच्चे दररेट निकै न्यून छ ।

थापामगरले गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी १०३ गोही भेटिएका जानकारी दिए । हाल प्रजनन केन्द्रमा ७५९ वटा गोही छन् । तीमध्ये १९५ भुरा, ४३२ किशोर अवस्थाका, १०० अर्धवयस्क र ३२ वटा वयस्क रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् ।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको दुई प्रतिशतमात्र सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मानिसले माछा मार्नेलगायत गतिविधिका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए ।

नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : ५० बजे

अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन– मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघ गणना आजदेखि सुरु

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं–  चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक

बीपी क्यान्सर अस्पताललाई चिनियाँ दूतावासको विद्युतीय गाडी

काठमाडौं- नेपालस्थित चिनियाँ दूतावासले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनलाई

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको