लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव « Khabarhub

लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

अमेरिका – चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो डढेलो समेत लागेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा ठुलो डढेलो लागेको हो। सो डढेलोका कारण धेरै स्थानका घरमा धुवाँ र मुस्लो देखिएको छ ।

क्यालिफोर्नियाका १० औं लाख मानिस अहिले जोखिममा परेकाले सावधान रहनका लागि अनुरोध गरिएको छ।

सान्टा मोनिका पहाडलगायत प्रशान्त महासारका निकटस्थ क्षेत्र अहिले जोखिममा परेका छन्। १६० किलोमिटर प्रतिघण्टाका गतिमा चलेको हावाले डढेलो फैलन सहयोग गरिरहेको छ। डढेलो ७७० आर्कसम्म फैलिइसकेको छ। केही घण्टा अघिसम्म २० आर्कमा सीमित सो डढेलो धेरै स्थानमा फैलन धेरै समय नै लागेको थिएन।

अहिले त्यहाँ सान्टा आना नामको हावा चलिरहेको छ। सो हावाको बहाव अत्यन्त तेज भएका कारण धुवाँको मुस्लो सहर र बस्तीमा प्रवेश गरेका छन्। जङ्गल नजिकको बाटोमा राखिएका सवारी साधनमा समेत आगो लाग्न थालेका छन्। सहरलाई धुवाको असरबाट मुक्त गराउन अग्नि नियन्त्रक निरन्तर प्रयास गरिरहेका छन्।

अहिले लस एन्जलसका धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई अर्को विद्यालयमा सारेर राख्न थालेका छन्। जाडोको बिदा सकिएर धमाधम विद्यालय खुल्न थालेको समयमा यो आगलागी भएको हो।

विद्यालयमा अत्यन्त साना विद्यार्थीलाई यसले असर गर्नसक्ने भएका कारण आगो र धुवाँको प्रभावबाट टाढा रहेको स्थानमा लगिएको हो। सान्टा आना सुख्खा हावामा आद्रताको कमी भएका कारण यसले छिटो गतिमा हावालाई लैजान सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ५१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट