भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ | Khabarhub Khabarhub

भाडाको घरमा अवैध कल सेन्टर र अनलाइन जुवाको अखडा, भारतीयसहित ५३ जना पक्राउ


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध कल सेन्टर सञ्चालनमा संलग्न भएको अभियोगमा दुईजना भारतीय नागरिकसहित ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय नागरिकहरूले नेपालीको समेत मिलेमतोमा ललितपुर महानगरपालिका-१५ सातदोबाटोस्थित घर भाडा‍मा लिई कल सेन्टर चलाएको खुलेको हो ।

उक्त कल सेन्टरबाट नेपाली युवा युवतीलाई धेरै रकम आम्दानी हुने प्रलोभन देखाएर गैरकानुनी काममा लगाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूलाई ल्यापटप ८५ थान, मोबाइल ९६ थान लगायत इलेक्ट्रोनिक्स उपकरणसहित पक्राउ गरिएको छ।

कल सेन्टरबाट सिंघम लोटरी, अन्ना लोटरी, भाउ लोटरी र इण्डसबेट लोटरी लगायत ग्याम्ब्लिङ एप्सहरूको दुरूपयोग गरी डिजिटल वालेटमा रकम जम्मा गर्न लगाएर सट्टाबाजी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

पक्राउ परेकामध्ये दुईजना भारतीय नागरिकसमेत सातजनाविरुद्ध सट्टाबाजी गर्न नहुनेसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

अन्य ४६ जनाविरुद्ध पनि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : १२ बजे

एक साताको शीतलहरपछि कञ्चनपुरका विद्यालय बन्द

कञ्चनपुर – एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले

रवि लामिछानेको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने

गण्डकी – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी

अध्ययनको निष्कर्ष : दिउँसो भन्दा बिहानको कफी लाभदायक

काठमाडौं – हालै गरिएको एक अध्ययनले बिहान कफी पिएमा यसले

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, पहाडको मौसम सफा

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा

प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

दाङ – लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी-२० क्रिकेट