एमाले बैठकमा सहभागी लेखराजले जब एमाले छाडेको खबर सुने... | Khabarhub Khabarhub

एमाले बैठकमा सहभागी लेखराजले जब एमाले छाडेको खबर सुने…


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव लेखराज भट्ट लगायतले एमाले छाडेको भनेर मंगलबार सामाजिक सञ्जालमा भाइरल गरियो ।

आइतबारदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा भट्ट सहभागी भइरहँदा बाहिर भने उनले पार्टी छाडेको प्रचार भयो ।

एकातिर पार्टी छाडेको प्रचार, अर्कातिर पार्टी केन्द्रीय कमिटी बैठकमा भट्ट सहभागी । च्यासल बैठकमा सहभागी भएकै अवस्थामा भट्टले एमाले छाडेको भन्दै भाइरल गराउने काम पूर्वसचिव भीम उपाध्यायले गरेका थिए ।

तर आफूले एमाले छाडेको भनेर गरिएको प्रचार गरेर आफूविरुद्ध फैलाइएको सुनियोजित भ्रम र र षडयन्त्र भएको भट्टले बताएका छन् ।

आफूले एमालेबाहिर रहने कुरा कल्पनासमेत नगरेको बताउँदै भट्टले सुदूरपश्चिममा कमजोर बन्दै गएका शक्तिहरूले यस्तो भ्रम फैलाएका बताए ।

उनले यसो भनिरहँदा पूर्वसचिव उपाध्यायले भने फेसबुकमा मंगलबार अर्को स्टाटस लेखेर आफूकहाँ गलत कुरा आएको बताएका छन् । उनले लेखराजले एमाले छाडेको भनेर लेखेको कुरा डिलिट गरेको पनि बताएका छन् ।

उता भट्टले सुदूरपश्चिममा एमालेको बढ्दो प्रभाव रोक्न भ्रम फिँजाउन यो काम भएको बताएका छन् ।

‘यतिबेला सुदूरपश्चिममा एमाले बलियो शक्ति बनेको छ, अरू सबै कमजोर भएका छन् । त्यही भएर ममाथि प्रहार गरेर मेरो राजनीतिक चरित्र हत्या गर्न सके केही गर्न सकिन्छ कि भन्ने प्रवृत्तिले भ्रम फिँजाउने काम गरिरहेका छन्’, उनले भनेका छन् ।

कतिपय मानिसहरूको आफू उनीहरूसँग रहिरहोस् र उनीहरूको लागि काम गरिदेओस् भन्ने अभिष्ट भएको हुनसक्ने बताउँदै भट्टले उनीहरूको स्वार्थ अनुसार काम नगरेपछि यस्तो हर्कत गरिएको उल्लेख गरे ।

‘ममाथिको प्रहार अहिले एमाले एमाले सुदूरपश्चिम माथिको प्रहार हो, जसरी अहिले पार्टी केन्द्रमा हाम्रो अध्यक्ष केपी ओली माथि प्रहार भइरहेको छ त्यस्तै सुदूरपश्चिममा म माथि प्रहार भएको हो, टाउकोमै हाने केही गर्न सकिन्छ भन्ने प्रवृत्तिका मानिसलाई लागेको हुनसक्छ तर त्यो सम्भव छैन’, भट्टले भने ।

सुदूरपश्चिममा एमालेको इञ्चार्ज भएकोले आफूमाथि प्रहार गरेपछि पार्टी कमजोर बनाउन सकिन्छ भन्ने कतिपयलाई लागेको हुनसक्ने उनले बताए । ‘यही कोणबाट यी प्रवृत्तिहरूले चलखेल गरेका हुन् भन्ने मलाई लाग्छ’, उनले भने ।

यी सबै चलखेल र भ्रमलाई चिरेर सुदूरपश्चिममा पार्टीको अभियानलाई थप बलियो बनाएर लैजाने भट्टले प्रतिबद्धता जनाए ।

‘पार्टीले अहिले तलसम्म काम गर्ने वार्षिक कार्ययोजना बनाएको छ, अहिले नयाँ ढङ्गले समीक्षा पनि गरेको छ, घरदैलोसम्म पुग्ने तीन महिने अभियान चलेको छ, तीन महिने अभियानमा हामी तलसम्म पुग्छौँ, यसले पार्टीलाई एकताबद्ध बनाउन र सबै खालका भ्रम चिर्न मद्दत गर्दछ’, भट्टले भने ।

यसैबीच कैलालीस्थित उनको गृहनगरबाट एमाले छाडेर माओवादीमा फर्किएका भनिएका ४६ मध्ये २७ जनाले आफूहरूको हस्ताक्षर किर्ते गरिएको बताएका छन् । उनीहरूले मंगलबार वक्तव्य निकाल्दै आफूहरू अहिले पनि एमालेमै रहेको जानकारी दिएका छ्न् ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १ : २५ बजे

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको