एमालेको युवा विद्यार्थी विशेष कमिटीले खोल्यो कार्यालय | Khabarhub Khabarhub

एमालेको युवा विद्यार्थी विशेष कमिटीले खोल्यो कार्यालय


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको गैरभौगोलिक ‘युवा विद्यार्थी विशेष जिल्ला कमिटीको’ कार्यालय शुभारम्भ गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले कार्यालय उद्घाटन गरेकी हुन् । काठमाडौं महानगरपालिका-१० बुद्धनगरस्थित बागमती करिडोरमा कार्यलयको उद्घाटन गरिएको हो ।

उद्घाटनपपछि शाक्यले पार्टी संगठनको काम सरल, सहज र व्यवस्थित गर्न कार्यालय आवश्यकता पर्ने बताइन् । उनले कमिटीले कार्यालय राखेर पार्टी काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको उल्लेख गरिन्। उनले संगठनको काम योजनावद्ध रुपमा गर्न सुझाव दिइन् ।

कार्यक्रममा कमिटीका इन्चार्ज रमेश पौडेलले संगठनलाई चलायमान, गतिशील बनाउन र आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई विजयी गराउन कमिटीले ठोस योजनासहित अघि बढ्नुपर्ने निर्देशन दिए ।

कार्यक्रममा प्रदेश अधक्ष प्रेम पराजुली, सचिव मिलन धरेल लगायतका नेताहरू उपस्थित थिए ।

कमिटीका अध्यक्ष सुदर्शन शिवाकोटीका अनुसार २०४८ सालमादेखि यो कमिटी कृयाशील छ । यसका संस्थापक सचिव एमालेका वर्तमान महासचिव शंकर पोखरेल हुन् ।

२०७५ सालमा एमाले-माओवादी एकतापछि ‘युवा विद्यार्थी विशेष’ नामाकरण गरिएको थियो । नेकपा टुटेपछि यही नामबाटै कमिटीले गतिविधि गरिरहेको कमिटीका प्रचार विभाग प्रमुख किरण देउजाले बताए ।

यसअघि उपत्यका प्रदेशको कार्यालयबाटै युवा विद्यार्थी विशेष कमिटीले आफ्ना राजनीति तथा सांगठनिक गतिविधि गर्दै आइरहेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ५१ बजे

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा