कारोबारमा उत्साहसहित साढे ६ अंकले बढ्यो नेप्से  « Khabarhub

कारोबारमा उत्साहसहित साढे ६ अंकले बढ्यो नेप्से 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेसँगै कारोबार पनि उत्साह देखिएको छ । आज नेप्से ६.५३ अंकले बढ्दा ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज नेप्से ०.२४ प्रतिशतले बढ्दा परिसूचक २६५३.३८ विन्दुमा पुगेको छ । 

आज १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार १२० पटक शेयर किनबेच भएको छ । 

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने २ वटा कम्पनी नकारात्मक लेभलमा कारोबार भएको छ । 

आज १३ समूहमध्ये ७ वटा समूह घटेको छ भने बाँकी ६ वटा समूह बढेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह ४.७७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ०.२६ प्रतिशतले हाइड्रोपावर समूह बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको