कारोबारमा उत्साहसहित साढे ६ अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

कारोबारमा उत्साहसहित साढे ६ अंकले बढ्यो नेप्से 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेसँगै कारोबार पनि उत्साह देखिएको छ । आज नेप्से ६.५३ अंकले बढ्दा ६ अर्ब ४० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज नेप्से ०.२४ प्रतिशतले बढ्दा परिसूचक २६५३.३८ विन्दुमा पुगेको छ । 

आज १३९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३०५ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार १२० पटक शेयर किनबेच भएको छ । 

आज ५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने २ वटा कम्पनी नकारात्मक लेभलमा कारोबार भएको छ । 

आज १३ समूहमध्ये ७ वटा समूह घटेको छ भने बाँकी ६ वटा समूह बढेको छ । 

आज सबैभन्दा बढी फाइनान्स समूह ४.७७ प्रतिशतले बढेको छ भने सबैभन्दा कम ०.२६ प्रतिशतले हाइड्रोपावर समूह बढेको छ । 

आज सबैभन्दा बढी ट्रेडिङ समूह १.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन ०.०६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : १६ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको