भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु « Khabarhub

भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार जनाको मृत्यु भएको छ ।

भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सन् २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब एक लाख ८० हजार जनाको मृत्यु भएको जानकारी बुधबार दिएका हुन्  ।

उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन् । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए । 

गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि उनले बताए । उनले भने, ‘सडक दुर्घटनामा परी घाइते भएकाहरूको नगदरहित उपचारको लागि हामीले नयाँ योजना सुरु गरेका छौं ।’

दुर्घटना लगत्तै २४ घण्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम एक लाख ५० हजार भारतीय रुपैयाँ (एक हजार ७४७ अमेरिकी डलर) सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ (दुई हजार ३०० अमेरिकी डलर) पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : २९ बजे

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध

पश्चिम एसियामा बढ्दो तनाव : युद्धकै जस्तो आरोप-प्रत्यारोपमा उत्रिए इरान-अमेरिका

तेहरान- पश्चिम एसियामा फेरि तनाव बढ्दै गएको छ। पछिल्लो केही

ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

काठमाडौँ– गुनासो लिने मात्रै होइन समाधान पनि गर्ने उद्देश्यका साथ

नेतन्याहू ठान्थे : इरानी शासक कमजोर छन्, पहिलो आक्रमणमै त्यहाँको सत्ता ढल्छ

वाशिङ्टन- अमेरिकाका पूर्वरक्षा मन्त्री तथा सीआईए प्रमुख रबर्ट गेट्सले इरायली

सुकुम्वासी होल्डिङ सेन्टरमा संसदीय टोली पुग्दा‍‍… (तस्बिरहरू)

बनेपा– संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको