‘समयको मागअनुसार विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुन्छ’ « Khabarhub

‘समयको मागअनुसार विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुन्छ’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

बुधबार नेवा: देय्: दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेवा समुदायभित्र विविधता भए पनि विविधताभित्र एकता भएको उनको भनाई थियो । 

‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिरहेको छ ।  यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफ्नो भेषभूषा,कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

त्यस्तै फरक सन्दर्भमा उनले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताए । 

संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधानसभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गरे ।

‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’ 

कार्यक्रममा वक्ताहरूले संविधानले आदिवासी जनजातिलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए । ‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाएका छौँ । डेमोक्रेटिक सिस्टमले सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन् । यो नै यसको सुन्दरता हो । मैले गर्न सक्ने काम गर्छु,’ उनले भने ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ५२ बजे

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२