'समयको मागअनुसार विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुन्छ' | Khabarhub Khabarhub

‘समयको मागअनुसार विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुन्छ’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो कलासंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । 

बुधबार नेवा: देय्: दबूयाले नेवा एकता दिवसको अवसरमा टोखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेवा समुदायभित्र विविधता भए पनि विविधताभित्र एकता भएको उनको भनाई थियो । 

‘भाषा, संस्कृति,पहिचान जोगाउन नेवा देय् दबूयाले काम गरिरहेको छ ।  यो अत्यन्त सकारात्मक छ । निरन्तरता पाओस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आफ्नो भेषभूषा,कलासंस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

त्यस्तै फरक सन्दर्भमा उनले समयको मागअनुसार जनताको चाहना बमोजिम विधि प्रक्रिया पूरा गरेर संविधान संशोधन हुने पनि बताए । 

संविधान जारी हुँदाको अवस्था सम्झँदै उपप्रधानमन्त्री सिंहले दुई पटक संविधानसभा विघटन भएपछि पेचिलो अवस्थामा संविधान जारी भएको स्मरण गरे ।

‘विधि प्रक्रिया पूरा गरेर जनताको चाहनाअनुसार संविधान संशोधन हुनसक्छ । संविधानले नै समयअनुसार संशोधनको सुनिश्चितता गरेको छ,’ उनले भने, ‘संविधानले दिएका अधिकारको उपयोग गर्दै, सुरक्षित गर्दै जानुपर्छ । संविधानलाई थप प्रभावकारी बनाउन र जनतालाई अझ धेरै अधिकार दिनका लागि संशोधन हो ।’ 

कार्यक्रममा वक्ताहरूले संविधानले आदिवासी जनजातिलाई अझै सम्बोधन गर्न बाँकी रहेको बताएका थिए । ‘सरकारलाई सुनाउनुपर्ने कुरा सुनाएका छौँ । डेमोक्रेटिक सिस्टमले सबैले आफूलाई लागेको कुरा भन्न पाउँछन् । यो नै यसको सुन्दरता हो । मैले गर्न सक्ने काम गर्छु,’ उनले भने ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ५२ बजे

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा

हायात होटल बन्द गर्ने निर्णयप्रति ट्रेड युनियन समन्वय केन्द्रको आपत्ति

काठमाडौं- काठमाडौंको होटल हायात रिजेन्सी अनिश्चितकालिन बन्द गर्ने निर्णयप्रति संयुक्त

एल क्लासिकोमा रियल म्याड्रिड विजयी, बार्सिलोना स्तब्ध

काठमाडौं – स्पेनको चर्चित फुटबल प्रतिस्पर्धा ‘एल क्लासिको’मा रियल म्याड्रिडले

हिमाली क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध बिहीबार सुनुवाइ

काठमाडौँ– विभिन्न देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा