रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ । 

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत मंगलबार एकैदिनमा २० जना फरार प्रतिवादीहरू लाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत रौतहटबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर फरार रहेका जालसाजी मुद्दाका ११ जना, चोरी तथा डाँका मुद्दाका ३ जना, लेनदेन मुद्दाका २ जना , कुटपिट मुद्दाका २ जना तथा सवारी ज्यान र बिगो सम्बन्धी मुद्दाका एक एक गरी २० जना पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताएका छन् ।

पक्राउ परेका सबै जनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहट प्रहरीको सूचनामा उल्लेख गरिएको छ। एसपी घिमिरेको निर्देशनमा सञ्चालित अभियान अन्तर्गत सयौँ फरार प्रतिवादी लाई पक्राउ गरिनुका साथै जिल्ला प्रहरी कार्यालय रौतहटले झण्डै २ करोड बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको छ । 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : १८ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको