सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा बिहीबार आदेश आउने सम्भावना | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण : रविसहितको मुद्दामा बिहीबार आदेश आउने सम्भावना


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरास्त सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना र अपचलन मुद्दामा कास्की जिल्ला अदालत अब आदेशको चरणमा पुगेको छ ।

एक सातादेखि जारी बहस बुधबार निष्कर्षतिर पुगेपछि जिल्ला न्यायाधीश नीतिज राईको इजलासले सम्भवत: बिहीबार साँझसम्ममा यस मुद्दामा आदेश दिन सक्नेछन् ।

जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बुधबार निरन्तर बहस चलेर निष्कर्षमा पुगेको बताएका छन् ।

‘सूर्यदर्शन सहकारीसम्बन्धी मुद्दाको थुनछेक बहस निरन्तर चलेको छ । बुधबार प्रतिवादी रामबहादुर खनालको तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद शर्मा र मोहनबहादु्र थापाले बहस गर्नु भयो’, उनले भने, ‘अन्य प्रतिवादीहरू कृष्णबहादुदर गुरुङका हकमा हरि सुवेदी र गंगाप्रसाद सुवेदीले बहस गर्नु भएको छ। त्यसैगरी मीना गुरुङ र आरती गुरुङको हकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगर र मनोज घर्ती मगरले बसह गरेपछि प्रतिवादीहरूको प्रतिरक्षा बहस सकिएको छ।’

खनालका अनुसार बुधबार नै जाहेरवालाको तर्फबाट तीनजनाले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू रमनकुमार कर्ण, राम घिमिरे र अधिवक्ता वेदबहादुर विष्टले जाहेरवालाकोतर्फबाट बहस गरेको उनले बताएका छन् ।

‘अब भोलि सरकारी वकिलकोतर्फ जवाफी बहस हुन्छ । सरकारी वकिलले जवाफी बहसमा लगाउने समयका आधारमा आदेश आउने कुरा निर्भर हुन्छ । जवाफी बहस चाँडै सकिएमा भोलि नै साँझसम्म आदेश आउन सक्छ ।’

खनालका अनुसार अब बिहीबार जिल्ला सरकारी वकिल र महान्यायाधिवक्ताको कार्यालयका न्यायाधिवक्ताहरूले जवाफी बहस गरेपछि नोट टाइप गर्ने काम हुन्छ ।

‘सबैतर्फबाट बहस सकिएपछि आदेश आउन कति समय लाग्छ भन्ने अवस्था छैन । मुद्दाको प्रकृतिअनुसार बहस नोट टाइप गर्न समय लाग्छ’, उनले भने, ‘सरकारी वकिलको जवाफी बहस चाँडो सकिएमा नोट टाइप गरेर भोलि बेलुकासम्म आदेश आउने सम्भावना छ ।’

यस मुद्दाका सबैभन्दा ठूला भीआईपी आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हुन् । उनीसहित सातजना प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको छ ।

यसअघि मंगलबार लामिछाने तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि अन्य प्रतिवादीहरूको बहस भएको थियो । सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ र सुरेन्द्र थापालगायतले बहस गरेका थिए ।

त्यसअघि प्रतिवादी लीला पछाईं र छविलाल जोशी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस भएको थियो ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै गत पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएले बिहीबार सरकारी वकिलका तर्फबाट जवाफी बहस भएपछि आदेश आउनेछ ।

सबैबाट थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने वा थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश न्यायाधीश राईले दिनेछन् ।

लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, पूर्व ब्रिटिश सैनिक कृष्णबहादुर गुरुङ, रामबहादुर खनालबारे थुनछेक बहस भइरहेको छ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा पनि मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । यस्तै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी र गितेन्द्रबाबु राईकी सहयोगी भनिएकी लीला पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा पनि चलाइएको छ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : २६ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार