‘कार्साङ’को प्रिमियरमा चलचित्रकर्मीको चहलपहल, दयाहाङ देखिएनन् (तस्बिरहरू) | Khabarhub Khabarhub

‘कार्साङ’को प्रिमियरमा चलचित्रकर्मीको चहलपहल, दयाहाङ देखिएनन् (तस्बिरहरू)


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आगामी पुस २६ गते रिलिज हुने तय भएको चलचित्र ‘कार्साङ’ को प्रिमियर गरिएको छ । बुधबार साँझ काठमाडौंस्थित बिग मुभिजमा उक्त फिल्मको प्रिमियर भएको हो ।

प्रिमियरमा सिनेमाकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दिपश्री निरौला, अनुप बराल, गायक कमल खत्री, मेलिना मैनालीलगायत कलाकार उपस्थित थिए ।

चलचित्रका मुख्य पात्र दयाहाङ राई कार्यब्यस्तताले उपस्थित हुन नसकेको कार्साङ निर्माण पक्षले जनाएको छ ।

चलचित्र ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’मा ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा रहेको निर्देशक शेर्पाले बताए।

चलचित्रले गरिब, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथा प्रस्तुत गर्दैछ । निर्माण पक्षले यो फिल्मले दर्शकको मन जित्न र विश्वास जगाउन सफल हुने बताएका छन् ।

चलचित्र ‘कार्साङ’ मा मा दयाहाङ राई, सृजन निङ्लेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको अभिनय छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रका निर्माता तथा छायांकन पुरुषोत्तम प्रधान हुन् । सह-निर्माता गोविन्द बोहरा हुन् । कार्यकारी निर्माता रुपा आङ्छिरिङ शेर्पा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : २७ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय