कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा « Khabarhub

कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई आगामी निर्वाचनको नभई देशको चिन्ता रहेको बताएका छन् ।

कांग्रेसको ‘कचनकवल–सगरमाथा जागरण अभियान–सङ्गठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ कार्यक्रमको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, “जलवायु परिवर्तनबाट हाम्रा हिमाल, हिमनदीहरु, जीवजन्तुको रक्षा कसरी गर्ने ? मुलुककै पुरानो पार्टीको हैसियतले नेपाली कांग्रेसले यी–यावत विषयमा चिन्ता गरिरहेको छ ।”

महामन्त्री शर्माले मुलुकमा रहेको विभेद, विकृति–विसङ्गतिविरुद्ध काम गर्नुपर्ने उल्लेख गरे । संविधान संशोधनमा नागरिकको अपेक्षा बुझ्नुपर्ने उनको भनाइ थियो । “गाउँ–गाउँमा आमनागरिकको अपेक्षा के छ, पार्टीहरुको अपेक्षा के छ, त्यसलाई बुझ्नुपर्छ”, उनले भने ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधनको विषय उठान गरेर मात्र नहुने संशोधनको मूल विषय पहिचान गरी नागरिकको पक्षमा संशोधन हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस कोसी प्रदेश सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्म आङ्देम्बेलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  १० : ३१ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर