युसएडका कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई अदालतले रोक्यो « Khabarhub

युसएडका कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई अदालतले रोक्यो


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्।

अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।

शुक्रबार रातिदेखि यो निर्णय लागु हुने भनिएको थियो। यसमा कर्मचारी युनियनले न्यायालयमा उजुरी गरेपछि रोक लगाइएको न्यायाधीश कार्ल निकोलासले बताएका हुन्।

उनीहरूलाई लागि सुविधासहित बिदा गर्ने ट्रम्पको निर्णय लागु हुनु भन्दा केही घण्टा अघि यसमा न्यायाधीशले अस्थायी रोक लगाएका हुन्।

अमेरिकाको मुख्य वैदेशिक विकासको काम गर्ने युएसएडमा १० हजार कर्मचारी कार्यरत छन्। यसमा दुई तिहाइ विदेशमा काम गर्छन्।
युएसएड अमेरिकाले बजेट कटौती गर्न चाहेको धेरै क्षेत्र मध्यको एक हो।

एलन मस्कले नेतृत्वमा गरेको डिपार्टमेन्ट अफ गर्भमेन्ट इफिसेन्सी (डोग)ले यसलाई रोक्न लागेको छ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : २८ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल