विश्व खाद्य मूल्यमा गिरावट : एफएओ « Khabarhub

विश्व खाद्य मूल्यमा गिरावट : एफएओ


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेनसी –  मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।

नयाँ वर्षको पहिलो मासिक प्रतिवेदनमा एफएओले आफ्नो व्यापक खाद्य मूल्य सूचकाङ्क जनवरीमा एक महिना अघिको तुलनामा १ दशमलव ६ प्रतिशतले घटेको जनाएको छ ।

जनवरीमा पाँचमध्ये तीन उप–सूचकांकमा गिरावट आएको तथ्यांकले देखाएको छ । यसैबीच, ब्राजिल र भारतलगायत प्रमुख चिनी उत्पादक देशहरूमा राम्रो फसलका कारण चिनीको मूल्य अक्टोबर सन् २०२२ यताकै न्यून स्तरमा ६ दशमलव ८ प्रतिशतले झरेको छ ।

तरकारी तेलको मूल्य ५ दशमलव ६ प्रतिशतले घटेको एफएओले जनाएको छ । मागमा आएको गिरावटले पाम तेलको मूल्य पनि तल झरेको छ । यद्यपि, दुग्धजन्य पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ४५ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित