विश्व खाद्य मूल्यमा गिरावट : एफएओ « Khabarhub

विश्व खाद्य मूल्यमा गिरावट : एफएओ


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेनसी –  मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।

नयाँ वर्षको पहिलो मासिक प्रतिवेदनमा एफएओले आफ्नो व्यापक खाद्य मूल्य सूचकाङ्क जनवरीमा एक महिना अघिको तुलनामा १ दशमलव ६ प्रतिशतले घटेको जनाएको छ ।

जनवरीमा पाँचमध्ये तीन उप–सूचकांकमा गिरावट आएको तथ्यांकले देखाएको छ । यसैबीच, ब्राजिल र भारतलगायत प्रमुख चिनी उत्पादक देशहरूमा राम्रो फसलका कारण चिनीको मूल्य अक्टोबर सन् २०२२ यताकै न्यून स्तरमा ६ दशमलव ८ प्रतिशतले झरेको छ ।

तरकारी तेलको मूल्य ५ दशमलव ६ प्रतिशतले घटेको एफएओले जनाएको छ । मागमा आएको गिरावटले पाम तेलको मूल्य पनि तल झरेको छ । यद्यपि, दुग्धजन्य पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ४५ बजे

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो

बन्दरगाहपछि यमनको पहाडी इलाका कब्जा गर्न खोज्दै हुथी समूह, ट्रम्पलाई धर्मसङ्कट

काठमाडौं- यमनका इरान समर्थित हुथी विद्रोहीहरूले रणनीतिक महत्वका उच्च पहाडी

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको