नेपालका पाँच विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता  « Khabarhub

नेपालका पाँच विश्वविद्यालयबीच सहकार्यका लागि सम्झौता 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवर्द्धन गर्न आपसी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

विश्वविद्यालयबीच अनुसन्धान, विद्यार्थी र शिक्षक आदानप्रदान तथा अन्तर विषयात्मक कार्यक्रमहरूमार्फत उच्च शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ ।

सम्झौता अनुसार, विश्वविद्यालयहरू पोस्ट ग्र्याजुएट तहका अनुसन्धान परियोजनाहरू, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान कार्यक्रम र संयुक्त शैक्षिक कार्यक्रमहरूको विकासमा सहकार्य गर्नेछन् । साथै, संयुक्त रूपमा सेमिनार, सम्मेलन र अनुसन्धान परियोजनाहरू आयोजना गर्नुका साथै शैक्षिक स्रोत र प्रकाशनहरू आदानप्रदान गर्नेछन् ।

सम्झौता पत्रमा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा. डा. शिलु मानन्धर, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा। डा। बिजुकुमार थपलिया र लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । 

पाँचै विश्वविद्यालयका रजिस्ट्रारहरू सम्झौताको साक्षीका रूपमा उपस्थित रहेका थिए । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रा.डा. यज्ञराज पाठक, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. शोभाखर कँडेल, नेपाल खुला विश्वविद्यालयका प्रा. डा. गोविन्दसिंह विष्ट, पूर्वाञ्चल विश्वविद्यालयका नीलमणि पोखरेल र लुम्बिनी प्राविधिक विश्वविद्यालयका रेजबहादुर भण्डारीले सम्झौता कार्यक्रममा सहभागी रहेका थिए । सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सुरुवाती सम्झौता अवधि पाँच वर्षको रहेको छ भने प्रत्येक पाँच वर्षमा स्वतः नवीकरण हुने प्रावधान उल्लेख गरिएको छ । यदि कुनै विश्वविद्यालयले सम्झौताबाट बाहिरिन चाहेमा कम्तीमा छ महिनाअघि सूचना दिनुपर्नेछ । सम्झौता सुदूरपश्चिम विश्वविद्यालयमा सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनमा भएको थियो ।

विश्वविद्यालय पदाधिकारीका अनुसार, यस साझेदारीले नेपालमा शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा नयाँ आयाम थप्नेछ साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहकार्यलाई प्रवर्द्धन गर्नेछ भने विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइ र नवीनताको अवसर बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ५१ बजे

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौं– ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार

आयोगले उठायो सेनाको भूमिकामा गम्भीर प्रश्न, राज्यका संरचना जल्दा मुकदर्शक बनेको निष्कर्ष

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोग नेपाल ले सार्वजनिक गरेको जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान

जलवायु परिवर्तनका चुनौती बढ्दै

काठमाडौं– आर्थिक सर्वेक्षण २०८२-८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको

गणतन्त्र दिवसको मञ्चबाट प्रधानमन्त्रीले जनतालाई सम्बोधन गर्नपर्छ : प्रथम राष्ट्रपति यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकलाई अघि बढाउने योजना प्रधानमन्त्रीबाट