जनकपुरस्थित मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन « Khabarhub

जनकपुरस्थित मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानुनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकस्थित सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्।

शुक्रबार राति ११ बजे मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता,अनुमति लगायतको कागजात अस्पताल सञ्चालकसँग माग गरेका थिए। 

सो क्रममा सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखिए पछि मुख्यमन्त्री सिंहले शनिबार आज बिहानसम्म त्यहाँ भर्ना रहेका बिरामीलाई अर्को अस्पतालमा व्यवस्थापन गरी अस्पताल बन्द गरेर साँचो आफूलाई बुझाउन निर्देशन दिएर फर्केका थिए।

‘यो अस्पताल विधिवत् प्रक्रिया पुरा गरेको देखिएन’ मुख्यमन्त्री सिंहले सञ्चालकलाई भने, ‘शनिबार बिहानसम्म आफैले बन्द गरी साँचो मलाई जिम्मा लगाउनुस् । नभए मेरो टोली आउँछ र सबै सामान उठाएर लान्छ ।’

कानूनी प्रक्रिया पूरा गरी सञ्चालित स्वास्थ्य संस्थालाई व्यवस्थित गर्दै अवैधानिक अस्पतालहरू बन्द गराउने जिम्मेवारी प्रदेश स्वास्थ्य मन्त्रीको हो । तर, मन्त्रीले स्वास्थ संस्था बारे चासो नदेखाएपछि मुख्यमन्त्री सिंहले अग्रसरता लिएका हुन् ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले स्वास्थ संस्थाको अनुगमन अभियान सुरु गरेका थिए। तर, मधेश प्रदेशमा उनको स्थानमा स्वास्थ मन्त्रीको जिम्मेदारी शत्रुधन सिंह कोइरीले पाएदेखि स्वास्थ संस्थाको अनुगमन निरीक्षण रोकिएको छ ।

प्रदेशको राजधानी जनकपुर देखी आठै जिल्लामा प्रक्रिया पूरा नगरेको अवैध अस्पतालहरू छ्याप्छ्याप्ती सञ्चालनमा रहेको तथा उपचारको नाउँमा बिरामीहरूलाई लाखौँ ठगिरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सतिश कुमार सिंह आफै अग्रसर भएर मध्यरात अनुगमन सुरु गरेका हुन ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ०७ बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र