दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल पराजित  | Khabarhub Khabarhub

दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल पराजित 


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल पराजित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार प्रवेश बर्माले पराजित गरेका हुन् ।  

पूर्व मुख्यमन्त्री केजरीवाललाई चुनावमा पराजित गरेपछि विजयी बर्माले केन्द्रीय गृहमन्त्री अमित शाहलाई फोनमार्फत जानकारी गराएका छन् । शाहले उनलाई तत्काल भेटघाटका लागि बोलाएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

समाचारमा भाजपाले केजरीवाललाई पराजित गरेका बर्मालाई नयाँ सरकारमा महत्त्वपूर्ण जिम्मेवारी सुम्पिन सक्ने अनुमानसमेत गरिएको छ । 

भाजपाका दिल्ली इकाई अध्यक्ष वीरेन्द्र सचदेवाले भने दिल्लीका लागि आगामी मुख्यमन्त्री भाजपाकै नेता हुने र व्यक्तिको चयन केन्द्रीय नेतृत्वले गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १ : ३३ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार